
काठमाडौं, माघ ३० :
सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजेपछि जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ।
अध्यादेशलाई राष्ट्रियसभा र प्रतिनिधिसभामा कसरी पारित गर्न भूमिका खेल्न सकिन्छ भन्नेबारेमा छलफल केन्द्रित भएको बुझिएको छ ।
वर्तमान सरकारलाई राष्ट्रियसमाबाट अध्यादेश पारित गर्न अप्ठयारो परिरहेको छ । त्यहाँ सत्ता पक्षको दुईतिहाइ बहुमत पुग्न जसपा नेपालकी साथ र सहयोग आवश्यक ।
जनता समाजवादी पार्टी, नेपालले संघीय संसद्मा पेस गरेको अध्यादेश ६ वटामध्ये भूमिसम्बन्धी अध्यादेश स्वीकार नगर्ने निर्णय गरेलगत्तै संयन्त्रको बैठक बसेको हो।