काठमाडौँ, फागुन १ :

 

मेष : बिहानै मठमन्दिरको भ्रमणले मनमा ऊर्जा प्राप्त हुनेछ । अनावश्यक धन खर्च हुने भएकाले सचेत रहनुहोला । 

वृष : कृषि क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल पाउन सकिन्छ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।

मिथुन : बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । अचल सम्पत्ति हात पर्न सक्छ ।  

कर्कट : आम्दानी र खर्च बराबर होला । रोकिएका काम पूरा हुनेछन् । शिक्षामा राम्रो नतिजा प्राप्त हुने दिन छ ।

सिंह : साथीभाइले नै काम बिगार्न हुँदा आफै सचेत रहनुपर्नेछ । यात्रा गर्दा बाटोमा दुःख हुने भएकाले ध्यान दिनुहोला ।

कन्या : गरेका काममा आफन्तबाट सहयोग पाइने छ । यसअघि रोकिएको कामले गति लिन थाल्नेछ । 

तुला : यो राशि हुनेहरूले बटुवालाई दान दिनु शुभ हुनेछ । घरपरिवारमा आफन्तको जमघटले रमाइलो वातावरण बन्ने छ । 

वृश्चिक : वैदेशिक यात्राको योग रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । आज खैरो रङ शुभ मानिने छ ।

धनु : सोचेजस्तो फाइदा लिन केही समय कुर्नुपर्नेछ । बाहिरी खानपान र स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । 

मकर : कला र गलाको प्रशंसा मिल्नेछ । नयाँ र शुभ कार्यको योजना बन्ने दिन छ । धेरै वर्षपछि पुराना साथीसँग भेट हुनेछ ।

कुम्भ : कुरा काट्नेको सङ्ख्या बढे पनि आफन्तको राम्रो सहयोग पाइनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

मीन : सुखदुःखमा साथ दिनेहरू धेरै हुनेछन् । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । काम देखाएर अरूको मन जित्न सकिनेछ ।