काठमाडौँ, फागुन १ :

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बा.प्र. ०३- ००२ प ५५०३ नं. को मोटरसाइकल मङ्गलबार राति रत्ननगरको जनकल्याण चोकमा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते चालक रत्ननगर नगरपालिका- ५ का २८ वर्षीय आलोक महतोको उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।