काठमाडौँ, फागुन १ :

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेको हो । 

मङ्गलबार प्रतितोला सुन एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । आजका चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ३० रुपैयाँ निर्धारण गरिएको छ ।