
काठमाडौं, फागुन १ :
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सामाजिक सञ्जाल विधेयकविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।
विधेयकमा रहेका प्रावधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार र गोपनीयताको अधिकारलाई गम्भीर रूपमा खतरामा पार्ने भन्दै नेविसंघले प्लेकार्ड सहित प्रदर्शन गरेको हो ।
विधेयकमा राखिएका प्रावधानलाई खुला छलफल गरेर संशोधन गर्नुपर्नेमा नेविसंघको जोड रहेको छ । विधेयक अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध रहेको भन्दै प्रतिकात्मक विरोध गरिएको गरिएको थियो ।
प्रदर्शनका क्रममा बिद्यार्थीहहरुले डियर केपी'बा समृद्ध नेपालमा बोल्न पाइन्न र ?, नियमन चाहिएको हो, नियन्त्रण होइन, लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए।