काठमाडौँ, फागुन २ :

 

मेष : दिन राम्रो छ। परिवारको साथमा धार्मिक यात्रा तय हुनेछ । साेचर बोल्दा काम बन्नेछ । 

वृष : अनुत्पादक क्षेत्रको खर्च कटौती गर्ने समय आएको छ । सहकार्यको व्यवसायबाट फाइदा हुनेछ ।

मिथुन : आफन्तसँग मनका कुरा खुलेर साटेमा मन शान्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ । राजनीतिमा सचेत भएर अगाडि बढ्नुपर्ने बेला छ ।

सिंह : सोचेको काम बन्नेछन् । अभिभावकको सल्लाह लिएर अगाडि बढेमा सफलता मिल्नेछ ।

कन्या : स्वास्थ्यमा सुधार आउनेछ । रोजगारीका लागि बिदेशको भिसा लाग्दा मनमा उत्साह बढ्नेछ ।

तुला : सम्बन्ध जोड्नका लागि आफन्तहरू सल्लाह गर्न आउनेछन् । यो राशि हुनेहरूका लागि आज रातो पहिरन शुभ रहेको छ ।

वृश्चिक : धार्मिक कार्यबाट दिनको सुरुवात गर्नु उचित हुनेछ । परिवारको साथमा समय बिताउँदा मन शान्त बन्नेछ ।

धनु : आज लामो यात्रामा नजानु नै राम्रो हुनेछ । बौद्धिक व्यक्‍तिसँगको भेटले नयाँ योजनाहरू बनाउँन सहयोग मिल्ने दिन छ ।

मकर : साथीभाइले सङ्कटमा साथ दिनेछन् । खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम रहेको छ ।

कुम्भ : घरमा पाहुनाको आगमन हुनेछ । परिवारमा रमाइलो गरि दिन बिताउँदा मन शान्त रहनेछ ।

मीन : आज कला र गलाको प्रदर्शन गर्ने दिन छ । लामो समयदेखि गरेको कामबाट मान र सम्मान प्राप्त हुनेछ ।