काठमाडौँ, फागुन २ :

नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरिजेन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत सुरु गरिएको छ ।

काठमाडौँमा वितरण गरिने थोक प्रणालीको पाइप गएरातिदेखि नै मर्मत सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।

पाइप फुटेपछि पानीले बबरमहल जलमग्न भएको थियो । पानी बन्द भएपछि गएरातिबाट मर्मतको सुरु गरेको र मर्मत सकिएपछि पानी वितरण प्रक्रिया सुरु गरिने उनले जानकारी दिए । 

विद्युत्‌का तारहरु भूमिगत गर्न ‘होरिजेन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि जलमग्न भएको र विशेष अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो ।

यो पनि…

मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहलका सरकारी कार्यालयहरु डुबानमा, सडक जलमग्न [भिडियो/तस्बिरसहित]