काठमाडौं, फागुन २ :
नेपाल समाजवादी पार्टी (नयाँ) शक्तिको नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आज आउने भएको छ । बेलुका ५ बजेसम्म निर्वाचनको सबै परिणाम आउने जनाइएको छ । अध्यक्षमा केन्द्रीय संयोजक बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा भएको छ ।
अहिले केन्द्रीय सदस्यको मतगणना सकेर पदाधिकारीको मतगणना भइरहेको उपाध्यक्ष मानुषी यमी भट्टराईले जानकारी दिइन् ।
९९ सदस्यीय केन्द्रीय समितिमा २ उपाध्यक्षसहित २० जना निर्विरोध भएका छन् । महिला उपाध्यक्षमा मानुषी पनि निर्विरोध निर्वाचित भएकी हुन् । बाँकी पदमा भने निर्वाचन भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपतिद्वारा शीतल निवासमा नवकन्याको पूजाअर्चना, गोडा धोएर टीका लगाइदिएर उपहार प्रदान
पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना, ओलीले स्वास्थ्य अवस्थाबारे जानकारी लिए
कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने