मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

अर्थ-सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २ फागुन, २०८१ मा प्रकाशित
अर्थ-सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ
काठमाडौँ, फागुन २ :

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । 

सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश राउतले उपाध्यायलाई पद तथा गोपनीयताको शपथ गराएका हुन ।

नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैङ्कका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा उनले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिष्ट्रारद्वय विमल पौडेल र भद्रकाली पोखरेल, सह- रजिष्ट्रारहरू, नेपाल राष्ट्र बैङ्कका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको उपस्थिति थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार