
काठमाडौं, फागुन २ :
नेपाल पत्रकार महासंघले सरकारले हालै राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधेयकप्रति असन्तुष्टि जनाएको छ ।
धुलिखेलमा बसेको नयाँ समिति निर्वाचितभ्रेको पहिलो कार्यमूलक बैठकले उक्त विधेयक तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
महासंघससँग सामान्य छलफलसमेत नगरी नागरिकका मौलिक हक हनन् हुने गरी ल्याइएको विधेयकलाई अगाडि बढाउन नहुने महासंघको ठहर छ । सरोकारवालासँग आवश्यक परामर्श गरेर पुनर्लेखन गर्न सरकार, संसद् र राजनीतिक दलहरूसमक्ष महासंघले माग गरेको छ ।
यस्तै सञ्चारमाध्यममा श्रमजिवी पत्रकार ऐन कार्यान्वयन नभएको र त्यस्ता संस्थामा तत्काल कानुन कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।