शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
अर्थतन्त्र सेयर बजार

अन्तिम कारोबार दिनमा ७ अंकले घट्यो नेप्से, झन्डै ८ अर्बको सेयर किनबेच

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २ फागुन, २०८१ मा प्रकाशित
अन्तिम कारोबार दिनमा ७ अंकले घट्यो नेप्से, झन्डै ८ अर्बको सेयर किनबेच
काठमाडौं, फागुन २ :

साताको अन्तिम कारोबार दिन आज (बिहीबार नेप्से घटेर रोकिएको छ । अघिल्लो दिन एक दशमलव ८६ अंकले बढेको नेप्से आज सात दशमलव २६ अंकले घटेर २६ सय ७८ दशमलव ४७ अंकमा झरेको छ ।

यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ५२ अंकले घटेर चार सय ४९ दशमलव ८८ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय दुई वटा कम्पनीको ७८ हजार आठ सय ३५ पटकको कारोबारमा एक करोड ५८ लाख ७५ हजार एक सय ५२ कित्ता सेयर किनबेच भएको छ । जसमा कुल कारोबार रकम सात अर्ब ९२ करोड १३ लाख नौ सय ८२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा तीनवटा समूहको सूचक बढेर बाँकीको घटेका छन् । जसमध्ये फाइनान्स समूहको सूचक ५१ दशमलव ७१ अंकले बढेर २७ सय ९६ दशमलव १० अंकमा चढेको छ । लघुवित्त समूहको सूचक पनि आठ दशमलव ८९ अंकले बढेर पाँच हजार एक सय ३७ दशमलव १० अंकमा चढेको छ । यसैगरी लगानी समूहको सूचक पनि शून्य दशमलव ५५ अंकले बढेको छ ।

वाणिज्य बैंक समूहको सूचक भने आज तीन दशमलव ११ अंकले घटेर १३ सय ४५ दशमलव २१ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ५५ दशमलव ७४ अंकले घटेर पाँच हजार सात सय ९१ दशमलव ४५ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक पनि ३४ दशमलव ७८ अंकले घटेर तीन हजार सात सय ९८ दशमलव १२ अंकमा झरेकामा जीवन बिमा समूहको सूचक पनि १९ दशमलव २० अंकले घटेर १३ हजार १९ दशमलव ४५ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि एक सय १३ दशमलव ७६ अंकले घटेर १२ हजार आठ सय ६३ दशमलव ९६ अंकमा झरेकामा होटेल तथा पर्यटन, उत्पादनमूलक, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ३८ दशमलव ८५, ३३ दशमलव १५, शून्य दशमलव शून्य एक, दुई दशमलव १६ र शून्य दशमलव ४२ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा मातृभूमि लघुवित्त वित्तीय संस्था परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा ङादी ग्रुप पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार