
काभ्रे, फागुन २ :
प्रहरीले काभ्रेको पाँचखाल नगरपालिका १, ठाँटी गैरीकोट बस्ने ६१ वर्षीय मंगलबहादुर तामाङ र उनकै छोरा ३२ वर्षीय सन्तबहादुर तामाङलाई एकनाले भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।
प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित बुधबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।