बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशभर आज ओल्के पर्व धुमधामसँग मनाइँदै

· शनिबार, २ भदौ, २०८१ मा प्रकाशित
सुदूरपश्चिम प्रदेशभर आज ओल्के पर्व धुमधामसँग मनाइँदै
सुदूरपश्चिम, भदौ २ :

 सुदूरपश्चिम प्रदेशमा आज ओल्के  पर्व धुमधामका साथ मनाइँदै छ ।

ओल्के संक्रान्ति  सुदूरपश्चिमको पहाडी जिल्लाहरु र प्रदेश भरी नै धुमधामसँग मनाइने गरिन्छ  ।

साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ ।

आज  मीठो मसिनो खाना खाने चलन रहेको छ भने बाबियोको पिङ खेल्ने चलनसमेत रहेको छ ।

कर्कलो, हरियो सागपात र सेल रोटी बनाएर आफन्तलाई बाँड्ने प्रचलन पनि यो पर्वमा छ।

ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ ।

आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहेको जानकारहरु बताउँछन ।।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार