काठमाडौँ, फागुन ३ :

 

मेष :  प्रेम सम्बन्ध प्रगाढ बन्ने दिन रहेको छ।  सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । 

वृष : धन आर्जन हुने योग छ । धेरैपछि मिल्ने साथीसँग भेट हुनाले मन प्रसन्न रहने छ ।

मिथुन : पारिवारिक सुख मिल्नेछ । घुमफिरमा जादा नयाँ योजनाहरू बन्नेछन् ।

कर्कट : धार्मिक कार्यबाट दिनको सुरुवात गर्दा राम्रो हुनेछ । आर्थिक क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त होला

सिंह : सोचेका कार्यमा ढिलाइ भए पनि पूरा हुने छ । विदेश यात्रामा निस्कँदा सामानको ख्याल गर्नुहोला ।

कन्या : मिठो बोलीका कारण रोकिएका कामहरू अघि बढ्नेछन् । साँझ मनोरञ्जनमा सहभागी भइने छ ।

तुला : धातुको व्यवसायमा फाइदा होला । विशिष्ट व्यक्तिको सहयोगले पुराना कामहरू सम्पन्न हुनेछन् ।

वृश्चिक : आफन्तको सहयोगमा आटेका कामहरू पुरा हुनेछन । काम गर्दा आत्मबल भने बढाउनुपर्ने छ । 

धनु :  स्वास्थ्यप्रति ख्याल गर्नुपर्ने दिन छ । आज विशेष भोजमा सहभागी हुने अवसर मिल्नेछ ।

मकर : अप्ठ्यारा परिस्थितिको बाबजुत कार्य सफल हुनेछन् । परिवारको साथ र सहयोग मिल्ने छ ।

कुम्भ : सोचेको ठाउँबाट धन प्राप्त हुनेछ । चिताएको काम पुरा हुने दिन रहेको छ । 

मीन : पुराना मित्रजनसँग भेटघाट हुनसक्छ । काम गरिरहेको कार्यलयमा प्रशंसा मिल्नेछ ।