बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

आज प्रणय दिवस, नेपालसहित विश्वभर एक आपसमा प्रेम साटासाट गरेर मनाइँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३ फागुन, २०८१ मा प्रकाशित
आज प्रणय दिवस, नेपालसहित विश्वभर एक आपसमा प्रेम साटासाट गरेर मनाइँदै
काठमाडौँ, फागुन ३ :

भ्यालेन्टाइन्स डे अर्थात प्रणय दिवस आज नेपालसहित विश्वभर मनाइँदै छ ।

हरेक वर्ष १४ फेब्रुअरीलाई प्रणय दिवसका रूपमा मनाउने गरिन्छ । पश्चिमा देशमा प्रचलित रहेको प्रणय दिवस पछिल्ला केही दशकदेखि नेपालमा पनि मनाउन थालिएको छ ।

इटालीका तत्कालीन शासक क्लाउडियसको तानाशाहीको विरुद्धमा उत्रिएका सेन्ट भ्यालेनटाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको मानिन्छ । 

भ्यालेन्टाइन्स डेका दिन मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने र आफ्ना प्रियजन तथा आफन्तलाई उपहार दिने प्रचलन छ । प्रेम अभिव्यक्त गर्न गुलाबको फूल प्रयोग हुने भएकाले आजको दिन फूलको कारोबार समेत बढ्ने गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार