हमासले दोहामा भएको वार्तामा इजरायलको प्रस्ताव अस्वीकार गरेको छ । इजरायलले गाजा युद्धमा हमाससमक्ष युद्धविराम र बन्धकलाई रिहाइ गर्ने नयाँ सर्त अगाडि सारेको थियो ।
इजरायलले गाजाभित्र र इजिप्टसँगको सिमानामा सैनिक राख्न पाउनुपर्ने प्रस्ताव राखेको थियो भने हमासले पूर्णयुद्धविरामका साथै कुनै पनि अवरोधबिना कैदीहरुको फिर्ताको माग गरेको थियो ।
इजरायली रक्षा मन्त्री योभ ग्यालान्टले शुक्रबार आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग छुट्टै कुरा गर्र्दै अक्टोबर ७ देखि गाजामा बन्धक बनाइएकाहरुको रिहाइका लागि वार्ता महत्वपूर्ण हुनेमा जोड दिएका थिए ।
गत अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामवादी आन्दोलनका क्रममा भएको आक्रमणमा हमास लडाकूहरूले २५१ जनालाई कब्जामा लिएका थिए ।
यसमध्ये १११ जना अझै गाजामा बन्दी बनाइएका छन् भने ३९ जना मारिएका सेनाले बताएको छ । इजरायलको सेनाले गाजामा कम्तीमा ४० हजार पाँच जना मानिस मारेको जनाइएको छ । जसमा सैनिक र नागरिक कति मारिए भन्ने खुलाइएको छैन ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने