काठमाडौं, फागुन ३ :

काठमाडौंको सालीनदीमा लागेको एकमहिने माधवनारायण मेला बुधबार सम्पन्न भएको छ । एक महिनासम्म निकै भिडभाड देखिएको सालीनदीको किनार र भक्तजनले खचाखच भरिएको मन्दिरपरिसर अहिले भने सुनसान छ ।

मन्दिर व्यवस्थापन समितिका सदस्यहरू यतिखेर मन्दिर र त्यस वरपरका ढुंगाका सिँढीहरू पानी लगाएर सफा गरिरहेका छन् । 
धर्म र व्यापार दुवै हुने भनेर आएका र पसल थापेकाहरू पनि मेला सकिएसँगै धमाधम सामान पोको पार्न थालेका छन् ।

मेलाको समयमा राता र पहेँला देखिएका सालीनादीदेखि गोमाको कुटीसम्मको क्षेत्र फुङ्ग र उजाड देखिएको छ । मानौं कि दुलही अन्माएपछिको घरजस्तै सुनसान छ । अर्थात् सन्नाटा ।

केही मानिस मेलाका कारण आलु रोप्न छाडेर एक महिनासम्म बाँझो छाडेका  जमिनहरू खनजोत गर्न थालेका छन् । केही युवा भने भक्तजनले खोलामा चढाएको सिक्का खोज्न चुम्बकको प्रयोग गरेर यताउता खोजिरहेका देख्न सकिन्छ । 
हेरौं थप तस्बिर :