बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
विदेश

पाकिस्तानमा सैन्य कारबाही, १३ आतंककारी मारिए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३ फागुन, २०८१ मा प्रकाशित
पाकिस्तानमा सैन्य कारबाही, १३ आतंककारी मारिए
इस्लामावाद, फागुन ३ :

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा १३ जना आतंककारी मारिएको सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले केपीको डेरा इस्माइल खान, उत्तरी वजिरिस्तान, लक्की मारवत र खैबर जिल्लाहरूमा खुफियामा आधारित अपरेशन सञ्चालन गरेका एक विज्ञप्तिमार्फत जनाएको छ ।

आईएसपीआरको डेरा इस्माइल खान जिल्लामा अपरेसनका क्रममा सुरक्षा बल र आतंकवादीबीचको भिडन्तमा पाँच आतंककारी मारिएका छन् । आईएसपीआरले उत्तरी वजिरिस्तानमा दुई छुट्टाछुट्टै भिडन्तहरूमा पाँच आतंककारी मारिएको बताएको छ ।

लक्की मारवाट जिल्लामा अर्को मुठभेडमा सुरक्षा बलहरूले थप दुई आतंककारीहरूलाई मारेका छन् । आईएसपीआरले गरेको प्रान्तको खैबर जिल्लामा एक अभियानमा एक आतंकवादी पनि मारिएको छ ।

मारिएका आतंककारीहरूबाट ठूलो मात्रामा हतियार र गोलाबारुद पनि बरामद गरिएको छ, जो सुरक्षा बलविरुद्ध आतंककारी गतिविधिमा सक्रिय रूपमा संलग्न थिए ।

इलाकामा अन्य आतंककारीहरूको उपस्थितिलाई हटाउन क्लियरेन्स अपरेशन भइरहेको छ । सेनाले पाकिस्तानबाट आतंकवादको खतरालाई मेटाउन कटिबद्ध रहेको बताएको छ । रासस/सिन्ह्वा

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार