इस्लामावाद, फागुन ३ :

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा १३ जना आतंककारी मारिएको सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले केपीको डेरा इस्माइल खान, उत्तरी वजिरिस्तान, लक्की मारवत र खैबर जिल्लाहरूमा खुफियामा आधारित अपरेशन सञ्चालन गरेका एक विज्ञप्तिमार्फत जनाएको छ ।

आईएसपीआरको डेरा इस्माइल खान जिल्लामा अपरेसनका क्रममा सुरक्षा बल र आतंकवादीबीचको भिडन्तमा पाँच आतंककारी मारिएका छन् । आईएसपीआरले उत्तरी वजिरिस्तानमा दुई छुट्टाछुट्टै भिडन्तहरूमा पाँच आतंककारी मारिएको बताएको छ ।

लक्की मारवाट जिल्लामा अर्को मुठभेडमा सुरक्षा बलहरूले थप दुई आतंककारीहरूलाई मारेका छन् । आईएसपीआरले गरेको प्रान्तको खैबर जिल्लामा एक अभियानमा एक आतंकवादी पनि मारिएको छ ।

मारिएका आतंककारीहरूबाट ठूलो मात्रामा हतियार र गोलाबारुद पनि बरामद गरिएको छ, जो सुरक्षा बलविरुद्ध आतंककारी गतिविधिमा सक्रिय रूपमा संलग्न थिए ।

इलाकामा अन्य आतंककारीहरूको उपस्थितिलाई हटाउन क्लियरेन्स अपरेशन भइरहेको छ । सेनाले पाकिस्तानबाट आतंकवादको खतरालाई मेटाउन कटिबद्ध रहेको बताएको छ । रासस/सिन्ह्वा