
मेष : नयाँ योजना बनाउँदा घरपरिवारसँग सल्लाह लिनु उचित हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
वृष : विपक्षी साथीले तारिफ गर्नेछन् । राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने योग छ ।
मिथुन : खुशीका साथ गरेको कामको नतिजा राम्रो प्राप्त हुनेछ। लामो यात्रामा निस्कँदा एक्लै नजानुहोला ।
कर्कट : महत्त्वपूर्ण अवसरको सदुपयोग गर्ने दिन छ । नाम र इज्जत बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
सिंह : गुरुको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । साथीभाइले सहयोग गर्नेछन् ।
कन्या : संयुक्त लगानीबाट व्यापारमा फाइदा हुनेछ । नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ ।
तुला : आज तपाईंको कामको प्रशंसा हुनेछन्। बिहानै गणेशको दर्शन गरेमा मन शान्त बन्नेछ।
वृश्चिक : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग घुमघाम गर्ने दिन छ।
धनु : व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । प्रेममा विश्वास गर्दा धोका हुने जोखिम रहेको छ ।
मकर : सामाजिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन् ।
कुम्भ : धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ । विदेशको रमझमले मन आकर्षित गर्नेछ ।
मीन : खेलकुदको क्षेत्रमा सफलता मिल्ने छ । स्वास्थ्यमा सुधार हुनेछ । साथीसँग धेरै तर्क नगर्नु उचित होला ।