
डडेल्धुरा, फागुन ४ :
डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालिप्रसाद जोशी मृत अवस्थामा फेला परेका छन्। अमरगढी नगरपालिका-२ भेल निवासी ५८ वर्षीय जोशी सोही वडाको कुस्मालीमा मृत भेटिएका हुन्।
जोशी बिहीबार बिहानदेखि बेपत्ता भएका थिए। परिवारले शुक्रबार लिखित निवेदन दिएपछि डडेल्धुरा प्रहरीसहित अन्य जिल्ला र प्रदेश प्रहरीलाई खोजीका लागि सूचित गरिएको थियो। शनिबार दिउँसो उनी मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार उनी डडेल्धुरा सदरमुकामबाट सम्पर्कविहीन भएका थिए। घटनाको अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए।