शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’ #सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’
समाचार कला/साहित्य

पूर्वप्रधानमन्त्रीको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ४ फागुन, २०८१ मा प्रकाशित
पूर्वप्रधानमन्त्रीको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक
काठमाडाैं, फागुन ४ :


पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको छ ।

आज भक्तपुरको लोकन्थलीस्थित उनको निवासमा आयोजना गरिएको पुस्तकको आवरण सार्वजनिक कार्यक्रममा आत्मकथा प्रकाशनको घोषणा गर्दै उनले पुस्तकको आवरण सार्वजनिक गरेका हुन् ।

शनिबारदेखि ८५ वर्ष पूरा गरी ८६ वर्ष प्रवेशको अवसर पारेर मदन पुरस्कार विजेतासमेत रहेका चन्दको जीवन भोगाइमा आधारित आत्मकथा लेखन कुञ्जले प्रकाशित गर्ने उनले जानकारी दिए।

चन्दले आफ्नो जन्मथलो पश्चिम पहाडको बैतडी रहेको जनाउँदै बालापनदेखि जीवनमा आएका उतारचढाव, घटनाक्रम, शिक्षा, राजनीतिक यात्रा, चार पटक प्रधानमन्त्री हुँदाको यात्रा, साहित्यिक यात्रा, देशको विषम परिस्थितिमा आएका चुनौतीको व्यवस्थापनलगायत विषय पुस्तकमा समेटिने उल्लेख गरे । उनले आमपाठकलाई आफ्नो जिन्दगीले दिने सन्देश सकारात्मक हुने बताए।

लेखन कुञ्जका अध्यक्ष कमल ढकालले चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ पुस्तक आगामी जेठभित्र प्रकाशन सम्पन्न गर्ने जानकारी दिए । उनले पुस्तकमा बैतडीको पहाडी क्षेत्रबाट जीवन सुरु गरेर चारपटक मुलुकको प्रधानमन्त्री बन्न सफल हुनुभएका चन्दको जीवन यात्रासँगै उनको राजनीतिक जीवन, साहित्यिक यात्रा र मदन पुरस्कार प्राप्तिसम्मको यात्रा समेटिने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार