काठमाडौँ, फागुन ५ :

 

मेष : प्रेम र मित्रताको बन्धन कसिलो बन्ने छ । आकस्मिक यात्राबाट लाभ मिल्ने योग रहेको छ ।

वृष : व्यावसायिक कार्यमा सुधार आउनेछ । पठनपाठनमा रुचि बढ्नेछ । रातो रङको प्रयोग शुभ रहेको छ ।

मिथुन : नयाँ कामको सुरुवात गर्दा सचेत रहनुपर्ने छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।  स्वास्थ्य अनुकूल रहनेछ ।

कर्कट : शुभ समाचारले मनमा उत्साह सिर्जना हुनेछ । आदर्श व्यक्तिसँगकाे सहकार्यले नयाँ अनुभव मिल्नेछ। 

सिंह : व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला । विश्वास गरेकाले साथ दिनेछन् ।

कन्या : बिहानै मन्दिर जादा मनमा शान्ति छाउनेछ। पुनर्मिलनको योग छ। प्रेम जीवन सफल हुनेछ ।

तुला : नातागोताभित्रका सदस्यसँग भेटघाट हुने अवसर मिल्नेछ । धार्मिक यात्राले आनन्द प्राप्त हुनेछ ।

वृश्चिक : बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । आफन्तको सहयोग र सुझावमा नयाँ कार्यको थालनी हुनेछ ।

धनु : प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । मनोरञ्जनका कार्यक्रममा सहभागी भइएला ।

मकर : स्वादिष्ट भोजनको अवसर मिल्नेछ । विद्वान्‌हरूको साथमा घुलमिल हुने दिन रहेको छ । 

कुम्भ : सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । साँझमा लाभ मिल्ने छ ।

मीन : आफूले गरेको मेहनतबाट आफन्तले लाभ लिन सक्छन् । रोकिएको काम दोहोर्‍याएर गर्दा सफलता मिल्नेछ।