काठमाडौँ, फागुन ५ :

भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा अस्वभाविक भीडका बीच भागदौड मच्चिदा १५ जनाको मृत्यु भएको छ । 

घटनामा अन्य १० जना घाइते भएका छन् । नयाँ दिल्लीको लोक नायक अस्पतालका डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा. रितु सक्सेनाले शनिबार साँझ रेलवे स्टेशनमा हजारौं मानिसहरूको भिड लागेपछि भागदौड मच्चिदा १५ जनाको मृत्यु भएको पुष्टि गरेकी छन् ।

रोयटर्सका अनुसार मृत्यु हुनेमा १० जना महिला र ३ बालबालिका रहेका छन् । भारतको प्रयागराजमा जारी कुम्भ मेलामा जाने र आउनेको अत्यधिक भीडमा भागदौड मच्चिदा अप्रिय घटना भएको हो ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक संजाल एक्समा पोष्ट गर्दै दिल्ली घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारमा समवेदना प्रकट गरेका छन् ।