
फागुन ५ :
भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड मच्चिदा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
मृत्यु हुनेमा ९ महिला, ४ पुरुष र ५ बालबालिका रहेको भारतीय सञ्चारमाध्यम आज तकले जनाएको छ ।
घटनामा अन्य धेरै जना घाइते भएका छन् ।
भारतको प्रयागराजमा जारी कुम्भ मेलामा जाने र आउनेको अत्यधिक भीडका कारण भागदौड मच्चिदा अप्रिय घटना भएको हो ।
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक संजाल एक्समा पोष्ट गर्दै दिल्ली घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारमा समवेदना प्रकट गरेका छन् ।