विराटनगर, फागुन ५ :

जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एक जना प्रहरी नायब निरीक्षक (सई)  कार्यालय परिसरमै मृत अवस्थामा फेला परेका छन् ।  ४९ वर्षीय सई धनराज खतिवडा भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रहरी कार्यालयको तीनतले ब्यारेकको माथिल्लो तलामा रहेको फलामको भर्‍याङमा नाइलनको डोरीले झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइसकेको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा-४ स्थायी घर भएका खतिवडा हाल मोरङको कानेपोखरी गाउँपालिका–७ मा बस्दै आएका थिए ।