
काठमाडौं, फागुन ५ :
काठमाडौंको शंखरापुर नगरपालिका–५ मा गत बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।
१० वर्षीय विद्यार्थी सनसाइन तामाङको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए।
उनको मृत्युपछि मृतकको संख्या चार पुगेको छ। यसअघि ११ वर्षीय विद्यार्थी क्रिष्टलल पुरी, २३ वर्षीय सुरेश तामाङ र १४ वर्षीय सुशांक डोटेलका मृत्यु भएको थियो।
माघ ३० मा चाबहिलको एसएस एकेडमीका विद्यार्थी नगरकोट पिकनिक गएका थिए। पिकनिक सकाएर फर्कने क्रममा उनीहरू सवार बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको थियो।
उक्त दुर्घटनामा बसमा सवार ४३ जनामध्ये तीन जनाको मृत्यु तत्काल भएको थियो, बाँकी घाइतेको उपचार विभिन्न अस्पतालमा भइरहेको छ।