काठमाडौं, फागुन ५ :

स्वर्गद्वारी गुठीको जग्गामा अधिकार माग गर्दै मोही किसानले आइतबार पनि काठमाडौं र घोराहीमा विरोध प्रदर्शन गरेका छन् ।

जमिनमाथिको अवैध स्वामित्व अन्त्य हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने, धर्मका नाममा शोषण गर्न नहुने जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर किसानले काठमाडौंमा र्‍याली गर्दै नाराबाजी गरिरहँदा घोराहीमा भने मालपोत कार्यालयमा धर्ना दिएका हुन् । 

उनीहरूले गएको फागुन ८ देखि चैत ७ सम्म घोराहीमा विभिन्न आन्दोलनका कार्यक्रम गरेका थिए।

लामो समय आन्दोलन गर्दा पनि सुनुवाइ नभएपछि उनीहरु थप आन्दोलनमा उत्रिएका हुन् । दाङका ३९ जना मोही किसान माघ २० देखि काठमाडौंको माइतीघरमा अनिश्चितकालीन धर्नामा छन्। धर्ना बस्दा पनि सुनुवाइ नभएको मोही किसान संघर्ष समितिका प्रवक्ता प्रवीण चौधरीले बताए।