
उदयपुर, फागुन ५ :
उदयपुरको त्रियुगा नगरपालिका १३ बस्ने ४५ वर्षीय रामप्रसाद राईको घरमा जुवातास खेलिरहेको अवस्थामा रामप्रसादसहित १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख १८० रुपैयाँ, ३ बुक तास र २२ थान कौडासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।