
प्रतीकात्मक तस्बिर ।
कास्की, फागुन ५ :
कास्कीको माछापुच्छ्रे गाउँपालिका ७, लेककुना बस्ने ७२ वर्षीय आइतसिंह गुरुङलाई प्रहरीले एउटा भरूवा बन्दुकसहित पक्राउ गरेको छ ।
गुरुङको साथबाट बन्दुकसँगै बारूदजस्तो देखिने पदार्थ करिब ५ सय ग्राम र अवैध लागुऔषध गाँजाजस्तो देखिने पदार्थ करिब १ किलोग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
वडा प्रहरी कार्यालय बगर र प्रहरी चौकी धम्पुसबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार तथा लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।