
प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुर अस्पताल पुगेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेटेका छन् ।
पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट भएर घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न प्रधानमन्त्री ओली आइतबार अपराह्व कीर्तिपुर अस्पताल पुगेका थिए ।प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित अस्पताल पुगेका हुन् ।
केहीबेर अस्पताल बसेका प्रधानमन्त्री ओलीले उनीहरुको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिँदै उपचारमा कुनै कमि हुन नदिन चिकित्सकहरुलाई निर्देशन दिएका थिए ।प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सकेर प्रधानमन्त्री ओली सिधै कीर्तिपुर अस्पताल पुगेका थिए ।
शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए । उनीहरुको स्वास्थ्य अवस्था भने खतरा मुक्त रहेको चिकित्सकहरुले जनाएका छन् । संक्रमण हुन सक्ने भन्दै भेट्घाट भने पातलो बनाइएको छ ।