काठमाडौँ, फागुन ६ :

आज लुम्बिनी प्रदेश सभाको बैठक बस्दै छ । बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङ जाँदैछन् । 

बिहान ११ : ३० बजे बस्ने प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए ।

बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने कार्यसूची प्रकाशन गरिएको छ ।

यसअघि २०७५ साल वैशाख १६ गते तत्कालीन ५ नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गरेका थिए ।

प्रदेश सभाको बैठकपछि प्रधानमन्त्री ओलीले घोराहीमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।