उदयपुर, फागुन ६ :

उदयपुरको त्रियुगा नगरपालिका ३, मोतिगडा चोकबाट प्रहरीले नियन्त्रित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३, मिलनचोक बस्ने २७ वर्षीय दीपेश चौधरी छन् । उनलाई प्रहरीले फेनारगन १९ एम्पुल, बुप्रेनोर्फिन १९ एम्पुल र डाइजेपाम १९ एम्पुलसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।