काठमाडौं, फागुन ६ :

भारतको ओडिसास्थित एक कलेजको होस्टेलमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायको माग गर्दै काठमाडौँस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन गरिएको छ।

नेकपा एमालेको विद्यार्थी संगठन (अनेरास्ववियु) ले सोमबार साँझ ‘प्रकृति लम्सालको मृत्युको छानबिन गर, मानवता विरोधी गतिविधि बन्द गर, अविलम्ब कूटनीतिक संवाद सुरु गर’लगायत नारा लगाउँदै भारतीय दूतावासअगाडि प्रदर्शन गरेका हुन् ।

ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल विश्वविद्यालयकै होस्टेलमा मृत भेटिएकी थिइन् ।

उनको शंकास्पद मृत्युका विषयमा आवाज उठाउँदा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूलाई विश्वविद्यालयबाट निस्कासन गरिएको छ ।

यो पनि…

भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु : अनुसन्धानको माग गर्नेलाई कलेजले धम्क्याउँदै निकाल्यो [भिडियोसहित]