सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति विदेश

नेपाली दूतावासले भन्यो - भारत सरकारसँग सम्पर्क भइरहेको छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ६ फागुन, २०८१ मा प्रकाशित
नेपाली दूतावासले भन्यो - भारत सरकारसँग सम्पर्क भइरहेको छ
नयाँ दिल्ली, फागुन ६ :

भारतस्थित नेपाली राजदूतावासले उडिसाको कालिङ्गा इन्स्टिच्युट अफ  इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटनाबारे भारत सरकारसँग सम्पर्क भइरहेको जनाएको छ।

दूतावासले सोमबार विज्ञप्ति जारी गरी यस घटनाबारे भारतीय केन्द्रीय सरकार, उडिसा सरकार र अन्य सम्बन्धित निकायसँग सक्रिय सम्पर्क भइरहेको जनाएको छ।

यसैबीच, दूतावासले विश्वविद्यालयसँग छलफल गर्दै नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न र उनीहरूको कक्षाहरू निरन्तर संचालन गर्न व्यवस्था मिलाउन आग्रह गरेको छ।

विश्वविद्यालयले सोही अनुरूप नेपाली विद्यार्थीहरूको लागि छात्रावासमा बस्ने र कक्षा सञ्चालनका लागि व्यवस्था गर्ने सुनिश्चितता दिएको छ। दूतावासले नेपालका विद्यार्थीहरूको सुरक्षा र शैक्षिक गतिविधिहरूको निरन्तरतामा केन्द्रित भएर थप समन्वय गर्ने जनाएको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार