
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले १७० प्रहरी अधिकृत सौतेनी आमाका छोरा हुन् ? भन्दै गृहमन्त्रीलाई प्रतिप्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा ‘नेपाल प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै शाहीले यस्तो धारणा राखेका हुन् । उनले केही प्रहरी अधिकारीहरुलाई राज्यले सौतेनी आमाका छोराको जस्तो व्यवहार गर्ने गरेको आरोपसमेत लगाए ।
उनले सरकारले डीएसपी भइसकेका प्रहरी कर्मचारीलाई इन्सपेक्टरको तालिम गर भन्ने गरेको टिप्पणी पनि गरे । संगठनभित्र कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने राप्रपाका सांसद शाहीको भनाइ छ ।
प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाली प्रहरी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव राखेका थिए । यो विधेयक संसद्बाट पारित भइसकेको छ । अब यो विधेयक थप छलफलका लागि संसदीय समितिमा पठाइनेछ ।