तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडासचिव नवीन भुसालमाथि भएको हातपातको विरोधमा दाङको राप्ती गाउँपालिकाका ९ वटै वडा कार्यलयका सचिवहरूले पेन डाउन गरेका छन् ।
कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै बन्दीपुर गाउँपालिका–६ का अध्यक्ष बलबहादुर गुरुङले वडासचिव भुसालको घाँटी अठ्याउँदै कुटपिट गरेका थिए ।वडाध्यक्ष गुरुङले वडासचिव नवीन भुसालको घाँटी अठ्याउँदै चड्कन हानेका हुन् ।
वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको वडासचिव भुसालले बताए । घटनाको चर्को विरोध भएपछि प्रहरीले वडाध्यक्ष गुरुङलाई पक्राउ गरेको छ ।
त्यस्तै, रुपन्देहीको रोहिणी गाउँपालिकाका कार्यपालिका बैठकमै वडा नम्बर २ का अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेमाथि हातपात गरेकोमा पनि सचिवहरुले विरोध जनाएका छन् । ती घटनाका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै राप्तीका सचिवहरू विरोधमा उत्रिएका हुन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान