.jpg)
भारतको उडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको संकास्पद मृत्युको घटनाको अनुसन्धानको माग गर्दै काठमाडौँमा विद्यार्थीले प्रदर्शन गरेका छन् ।
विभिन्न विद्यार्थी संगठनले माइतीघरमा प्लेकार्डसहित मंगलबार प्रदर्शन गरेका हुन्। उनीहरुले लम्सालको न्याय माग गर्दै नेपाल र नेपाली विद्यार्थीविरुद्ध व्यक्त अभिव्यक्तिको पनि कडा शब्दमा निन्दा गरेका छन् । साथै उनीहरुले लम्सालको न्यायका लागि बृहत् हस्ताक्षर अभियान संकलन गर्दै आत्माको चिरशान्तिको कामना गर्दै मौन धारण समेत गरेका थिए ।केआईआईटीमा बी-टेक तेस्रो वर्षमा पढ्ने नेपाली छात्रा लम्साल आइतबार साँझ होस्टेलमा शंकास्पद अवस्थामा मृत भेटिएकी हुन्।
उता, विराटनगरमा पनि लम्सालको संकास्पद निधन र नेपाली विद्यार्थीप्रति गरिएको घटनाको विषयलाई लिएर प्रदर्शन भएको छ । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मंगलबार विहान रोडषेश चौकमा लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानविनको माग गर्दै विभिन्न नारा लेखिएका प्लेकार्डसहित विद्यार्थीहरुले प्रर्दशन गरेका हुन् ।उनीहरुले घटनामा दोषी भएकाहरुलाई कार्वाहीको दायरामा ल्याउन माग गरेका छन् ।
क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेलले लम्सालको घटनासंगै नेपाली विद्यार्थीलाई कलेजबाट निकालिएकोमा आपत्ति जनाए। आजै दिउँसो जिल्ला प्रशासन कार्यालयमार्फत घटनामा संलग्नलाई कार्वाही र छानविनको मागसहित प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, र लाजिम्पाटस्थित भारतीय दुतावासमा ज्ञापनपत्र बुझाइएको छ ।
हेरौं थप तस्बिरहरु:
तस्बिर : दिलमन्यु सिल्वाल/सक्रिय न्युज