काठमाडौं, फागुन ७ :

उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत अवस्थामा भेटिएको घटनामा स्थानीय प्रहरीले त्यहाँका एक पुरुष विद्यार्थीलाई पक्राउ गरेको छ ।

भारतीय पत्रिका दैनिक भास्करको रिपोर्टअनुसार ती व्यक्ति विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएको छ।प्रकृतिका काका सिद्धान्त सिग्देलले दिएको जाहेरीका आधारमा प्रहरीले आरोपितविरुद्ध मुद्दा दर्ता गरेको हो।

प्रकृति र पक्राउ परेका ती युवकबीच भएको भनिएको कुराकानीको अडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । सोही अडियोलाई आधार मान्दै प्रहरीले आरोपितलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ।

 प्रहरीले मृतक प्रकृतिका मोबाइल फोन, ल्यापटप र अन्य ग्याजेट नियन्त्रणमा लिएको छ। यस विषयमा अनुसन्धान भइरहेको जनाइएको छ।