बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

अनलाइन जुवा खेलाउने थप २४ जना भारतीय बुढानीलकण्ठबाट पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ७ फागुन, २०८१ मा प्रकाशित
अनलाइन जुवा खेलाउने थप २४ जना भारतीय बुढानीलकण्ठबाट पक्राउ
फाइल तस्बिर।
काठमाडौं, फागुन ७ :

काठमाडौंको बुढानीलकण्ठमा घर भाडामा लिएर जुवा खेलाउने  २४ जना भारतीय नागरिक पक्राउ परेका छन्। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँका सूचना अधिकारी एसपी काजीकुमार आचार्यका अनुसार सोमबार बुढानीलकण्ठ नगरपालिका ५ बाट उनीहरु पक्राउ परेका हुन् ।

प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको कारोबार गरेको पनि खुलेको छ।

गत माघ २७ गते पनि बुढानीकण्ठ नगरपालिका ३ गैरीगाउँबाट अनलाइन जुवा खेलाउने २३ जना भारतीय नागरिकलाई पक्राउ गरिएको थियो ।

उनीहरूको साथबाट प्रहरीले २१ थान ल्याप्टप, ३८ थान मोबाइल, कपी र डायरी २ थान र वाइफाइ राउटर ३ थान बरामद गरेको छ।पक्राउ पर्नेहरू भारतको बिहार, उत्तरप्रदेशका रहेका छन्।  उनीहरुलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखेर अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार