तनहुँ, फागुन ७ :

आफ्नै वडाका सचिवमाथि कुटपिट गर्ने बन्दीपुरका वडाध्यक्षलाई १० दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय तनहुँले अनुमति दिएको छ ।

बन्दीपुर गाउँपालिका ६ का वडाअध्यक्ष बलबहादुर गुरुङलाई १० दिन हिरासतमा अनुमति दिएको तनहुँका प्रहरी प्रमुख एसपी वीरेन्द्रबहादुर शाहीले बताए।प्रहरीले गुरुङलाई सोमबार पक्राउ गरेको थियो।

वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरेको बिल स्वीकृत गर्न नमानेको भन्दै वडाध्यक्ष गुरुङले  सचिव भुसाललाई कुटपिट गरेको आरोप छ। कुटपिटबाट घाइते भएका  भुसालको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

उनको घाँटी र गालामा निलडाम भएको थियो । भुसाललाई घाँटी ङ्याक्दै झापड हानेको फोटो तथा भिडिओ सार्वजनिक भएको छ ।कर्मचारीहरुले मंगलबार देशका विभन्न पालिकाहरुमा हातमा कालोपट्टी बाँधेर घटनाको विरोध गरेका छन् ।