बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

नेपाल प्रहरीको टोली ओडिसा पुग्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ७ फागुन, २०८१ मा प्रकाशित
नेपाल प्रहरीको टोली ओडिसा पुग्यो
काठमाडौं, फागुन ७ :

भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्राको प्रकृति लम्सालको  शंकास्पद मृत्युपछि उत्पन्न परिस्थितिको अध्ययन र सुरक्षा समन्वय गर्न नेपाल प्रहरीको टोली ओडिसा पुगेको छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासबाट प्रहरीका दुईजना वरिष्ठ अधिकारी मंगलबार बिहानै विश्वविद्यालय पुगेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिइन् ।

घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टेलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन परराष्ट्रमन्त्री देउवाले बताएकी छन् ।

प्रहरी टोलीले परिस्थितिको अध्ययनमा समन्वय र नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार