
नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका महत्वपूर्ण परियोजनाहरू हाल स्थगित भएका छन्।
नेपाल सरकार र एमसीसी बीच २९ भदौ २०७४ मा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो, जस अनुसार परियोजनाहरूको कार्यान्वयनको प्रक्रिया शुरु भएको थियो।
यस परियोजनामा अमेरिकाबाट आर्थिक र प्राविधिक सहायता प्राप्त गर्दै नेपालमा विभिन्न आधारभूत पूर्वाधार निर्माण कार्यहरू चलिरहेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेशको आधारमा एमसीसीसँग सम्बन्धित सबै क्रियाकलाप ९० दिनका लागि स्थगित भएका छन्।
यस विषयमा नेपाल सरकारको अर्थ मन्त्रालयले २ फागुन २०८१ मा एउटा आधिकारिक इमेल प्राप्त गरेको जानकारी दिएको छ। यस आदेशका कारण नेपालमा एमसीसी परियोजनामा काम गरिरहेका ठेकेदार र आपूर्तिकर्ताहरूको काम अस्थायी रूपमा काम रोकिएको छ।
स्थगनको निर्णयले सडक निर्माण, उर्जा उत्पादन, र ऊर्जा प्रसारण सम्बन्धी विभिन्न महत्त्वपूर्ण परियोजनाहरु प्रभावित हुने देखिएको छ।सरकारले स्थगनका बारेमा खुलस्त पारिसकेको छैन ।