काठमाडौँ, फागुन ८ :

 

मेष : आज पुरानो योजना पूरा हुने दिन रहेको छ । दाम्पत्य जीवन सुखमय बित्नेछ । 

वृष : थोरै बोलेर गर्न लागेका कार्यमा निर्णय गर्नु उचित हुनेछ । व्यापारव्यवसायबाट लाभ मिल्नेछ । 

मिथुन : धार्मिक यात्रामा सहभागी हुनाले मन शान्त बन्नेछ । स्वदेशमा रोजगारीका लागि अवसर प्राप्त होला ।

कर्कट : परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । विदेशी रमझमले मन आकर्षित हुनेछ । 

सिंह : सहकार्यमा गरेका काममा फाइदा हुनेछ। गोपनीयता सार्वजनिक गर्दा अप्ठेरो परिस्थिति आउला ।

कन्या :  श्रमको फल प्राप्त हुनेछ । शिक्षामा गरेको लगानीबाट कमाइ हुनेछ । 

तुला : न्यायिक कार्यमा सफलता मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ ।

वृश्चिक : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । 

धनु :  काम गरेर अवसर हात पार्ने दिन छ । घरमा पाहुनाको आगमन हुनेछ ।

मकर : कार्य सम्पादनमा सहजता मिल्नेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । 

कुम्भ : मनमा लागेको कुरा बोल्दा ख्याल गर्नुहोला । धार्मिक क्षेत्रमा झुकाव जानेछ ।

मीन : पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। कसैसँग बोल्दा सतर्कता अपनाउनुहोला ।