काठमाडौँ, फागुन ८ :

सुनको मूल्य आज प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको छ । 

आज सुन प्रतितोला एक लाख ७० हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

मङ्गलबार सुनको मूल्य प्रतितोला एक लाख लाख ६९ हजार चार सय थियो ।  

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर आज एक हजार नौसय ८५ रुपैयाँ पुगेको छ।