काठमाडौं, फागुन ८ :

भारतको ओडिसास्थिट केआईआईटी कलेजबाट निकालिएका ९५ विद्यार्थी नेपाल फर्किएका छन् । ती विद्यार्थीहरू वीरगञ्ज नाका हुँदै घर फर्किएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले जानकारी दिए । फर्किएका मध्ये अधिकांश पर्सा जिल्लाका रहेका छन् ।

उनीहरू आफ्नो सरसामान र किताब कापी लिएर पनि फर्किन नपाएका गुनासो गरेका छन् । प्रकृति लम्सालले न्याय पाउनु पर्ने र आफूहरुको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने विद्यार्थीहरुको माग रहेको छ । शंकास्पद मृत्यु प्रकरणको छानबिन हुनुपर्ने माग गर्दै प्रदर्शन गर्दा नेपाली विद्यार्थीहरुले कुटाई खानुपरेको थियो ।