आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार स्वास्थ्य

१४ लाख किशोरीले लगाए क्यान्सरविरुद्धको खोप, अब ४ जिल्लामा बाँकी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ८ फागुन, २०८१ मा प्रकाशित
१४ लाख किशोरीले लगाए क्यान्सरविरुद्धको खोप, अब ४ जिल्लामा बाँकी
काठमाडौं, फागुन ८ :

सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियानमा करिब ९२ प्रतिशत किशोरीले खोप लगाएका छन् ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार अभियानका क्रममा ९२ किशोरीले खोप लगाइसकेका छन् । गत माघ २२ गतेदेखि सुरू भएको खोप अभियान मङ्गलबार सकिएको छ ।

गौतमका अनुसार १४ लाख २८ हजार आठ सय ८९ किशोरीले अभियानका बेला खोप लगाएका छन् । अभियानमा १६ लाख ८८ हजार सात सय ८६ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो । उनले खोप लगाउन छुट भएका किशोरीलाई स्वास्थ्य संस्थामा लगाइने समेत जानकारी दिए ।

कुनै समुदायमा छुट भएका किशोरीलाई त्यही गएर खोप लगाएको उनले बताए । मधेशतिर खोप लगाउन छुटेका एकै समुदायका एक सय ५० जना किशोरीलाई पनि खोजेर खोप लगाइने उनले जानकारी दिए ।

शाखा प्रमुख डा गौतमले मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा विद्यालय सञ्चालन नभएकोले खोप अभियान सुरू गरिएको छैन् । विद्यालय सुरू हुनसाथ फागुनको तेस्रो सातामा ती जिल्लामा खोप अभियान चल्नेछ ।

सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका लागि खोप अभियान सञ्चालन गरेको थियो ।

नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको तथ्याङ्क छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार