
पशुपति क्षेत्र विकास कोषको जग्गामा केही भूमाफियाहरुको संरक्षणमा आफूलाई पनि सुकुम्बासी भन्ने देवी खरेलले हुकुमवासीको काम गरिरहेको पीडितहरुले आरोप लगाएका छन् ।
बुधबार राजधानीको संवाद डबलीमा पीडित तथा सरोकारवालाहरुले पत्रकार सम्मेलन गरी सुकुम्वासीको नाममा धनाड्यहरुले हुकुमचलाएको बताएका हुन् ।
उनीहरूले पशुपति क्षेत्र विकास कोष अन्तरगतको कागेश्वरीमनोहरा नगरपालिका ८ गोठाटारमा रहेको सुकुम्बासी बस्तीको जमिन नियम विपरित मिलेमतोमा किनबेच तथा प्लटिङ् गरिएको जानकारी गराएका छन् ।
समाजिक अभियान्ता तारा बरालले सरकारले अव्यवस्थित तथा सुकुम्वासी नागरिकलाई वसोवासको लागि व्यवस्था गरिएपनि पछिल्लो समयमा मिलेमतोमा त्यसको किनबेच हुन थालेको खुलासा गरेकी छिन् । बरालले अव्यवस्थित तथा भूमिहिन्, पीडितहरुको लागि गरिएको वसोवासको व्यवस्थालाई आर्थिक चलखेलको आधार बनाएको जिकिर गरिन्् ।
नेकपा (माओवादी केन्द्रका) नेता छविन्द्रराज काडेलले सो क्षेत्रमा राजानीतिक अवरणमा वास्तविक सुकुम्वासी पीडितहरुलाई लखेटी केही धनाड्यहरुसँग आर्थिक चलखेल गरिएको बताएका छन् । सामाजिक अभियान्तासमेत रहेका कँडेलले देवि खरेललाई बारमबार सम्झाउँदा पनि उनले कुरा नसुनेर आफू फस्ने खाडल खनिरहेको बताए ।
दुर्गा प्रसाईँ अभियानका केन्द्रीय सदस्य कुमार बस्नेतले पशुपति जस्ता पवित्र धार्मिक तथा संस्कृतिक स्थलहरुलाई सरकारी स्तरबाटै मास्न खोज्नु दुर्भाग्य रहेको बताए । सो क्षेत्रबाट अविलम्ब बस्ती हटाउनु पर्ने माग राखे ।
पीडित कृष्ण माया उप्रेतिले विगतमा आफू एक पीडित भएको कारण देवि खरेलले सो ठाउँमा राखेको भए पनि पछि खरेलले माग गरे अनुसारको रकम दिन नसकेपछि आफूलाई हटाउन खोजिरहेको दुःखेसो व्यक्ति गरिन् ।