बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

एक वर्षमा सुदूरपश्चिममा एक हजार मानवअधिकार उल्लङ्घनका घटना

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ९ फागुन, २०८१ मा प्रकाशित
एक वर्षमा सुदूरपश्चिममा एक हजार मानवअधिकार उल्लङ्घनका घटना
कैलाली, फागुन ९ :

सुदूरपश्चिम प्रदेशमा सन् २०२४ मा एक हजार ८१ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले बुधबार आयोजना गरेको ‘नेपाल मानवअधिकार वर्ष पुस्तक सन् २०२५ र सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था’ विषयक पत्रकार भेटघाट कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

सन् २०२४ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट प्रदेशभरि एक हजार ९९ जना पीडित भएका इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशीले जानकारी दिए । उनका अनुसार सन् २०२४ मा प्रदेशमा मानवअधिकार उल्लङ्घनका ११ घटनामा एक महिला र १० पुरुष गरी ११ जना तथा ज्यादतीका एक हजार ७० घटनामा एक हजार ९४ महिला र ३४ जना पुरुष गरी एक हजार ८८ जना पीडित भएका छन् ।

राज्यपक्षबाट कुटपिटका घटनामा दुई, गिरफ्तारीका घटनामा छ, जेलमा मृत्यु भएका घटनामा एक, हिरासतमा मृत्यु एक र अमानवीय व्यवहार घटनामा एक गरी ११ जना पीडित भएको त्यस अवसरमा जानकारी दिइयो ।  

यस्तै, गैह्र राज्यपक्षबाट कुटपिट तथा धारिलो हतियार प्रहारबाट हत्या घटनामा नौ, घाइते ११, बालअधिकारका घटनामा १०५, जातीय विभेदका तीन, महिला अधिकारका घटनामा ९४७, अमानवीय व्यवहारका दुई, कुटपिटका आठ र धम्कीका घटनामा तीनजना पीडित भएका प्रदेश संयोजक जोशीले जानकारी दिए ।

सन् २०२३ को तुलनामा सन् २०२४ मा पीडितको सङ्ख्यामा कमी आएको उनले बताए । सन् २०२३ को तुलनामा सन् २०२४ मा पीडित हुनेको सङ्ख्यामा १०२ जनाले कमी आएको होे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार