रुपन्देही, फागुन ९ :

भारतको ओडिसा भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको अन्तिम दाहसंस्कार गरिएको छ ।

बुधबार साँझ भारतको ओडिसाबाट भैरहवा ल्याइएकी लम्सालको शव राति नै स्थानीय स्वर्गद्वारीघाटमा दाहसंस्कार गरिएको हो ।

लम्सालको शवलाई केही समय भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पतालको शव गृह (मर्चरी) मा राखिएको थियो । लम्सालका बुबा सुनील आएपछि अस्पतालबाट घर ल्याएर केही समय राखिएको थियो ।

त्यसपछि मध्यराति नै अन्तिम संस्कार गरिएको हो ।  केआईआईटीमा स्नातक अन्तिम वर्षमा अध्ययनरत भैरहवाकी २१ वर्षीया प्रकृति लम्सालको कलेजको छात्रावासमा शव फेला परेको थियो ।