बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात #आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात
विदेश

ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच किन बढ्दै छ विवाद ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ९ फागुन, २०८१ मा प्रकाशित
ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच किन बढ्दै छ विवाद ?
फाइल फोटो
काठमाडौँ, फागुन ९ :

युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच शान्ति वार्ता भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीचको विवाद बढ्दै गएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा जेलेन्स्कीलाई चुनाव बिनाको तानाशाह भन्दै आरोप लगाएका छन् ।

जेलेन्स्कीले पनि यसअघि रुसले युक्रेनको बारेमा धेरै गलत सूचना फैलाएको आरोप लगाएका थिए ।

उनले भनेका थिए, मलाई राष्ट्रपति ट्रम्पप्रति धेरै सम्मान छ, तर म भन्छु कि उनी गलत सूचनाको दुनियाँमा छन् ।

राष्ट्रपतिको रूपमा जेलेन्स्कीको कार्यकाल मे २०२४ मा समाप्त हुने थियो, तर फेब्रुअरी २०२२ मा रूसको आक्रमणदेखि युक्रेनमा मार्शल ल लागू भएको छ र यसका कारण चुनाव हुन सकेको छैन ।

ट्रम्पले पहिले जेलेन्स्कीको लोकप्रियता केवल चार प्रतिशतमा झरेको दाबी गरेका थिए । यद्यपि, बीबीसी रिपोर्टले ५७ प्रतिशत युक्रेनीहरूले अझै पनि राष्ट्रपति जेलेन्स्कीलाई विश्वास गर्ने खुलासा गरेको छ।

युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच साउदी अरेबियामा शान्ति वार्ता भएपनि युक्रेनलाई सहभागी गराइएको थिएन ।

यसबारे युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफूहरू सबै पारदर्शिता चाहन्छौँ तर कसैले पनि आफुहरुको पछाडि केही निर्णय नगरोस् भनेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार